घटना-दुर्घटना

उदयपुरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

इकागज |
कात्तिक १३, २०७९ आइतवार २०:३१ बजे

कटारी- उदयपुरको कटारी–८ स्थित ढुङ्गेमा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय पूर्णबहादुर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।

पूर्णबहादुरको घरबाट एक्कासी आगलागी सुरु भएर अन्य दुई घरसमेत जलेर नष्ट भएको वडाध्यक्ष नविन तामाङले बताए । आगलागीबाट झण्डै रु ४६ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताए । आगलागीमा परी पूर्णबहादुरको अन्नपात, सुनचाँदी, पशुचौपाया गरी रु २५ लाख, सन्तबहादुर मगरको घर, काठपात लगायत गरी रु १५ लाख र यज्ञबहादुर मगरको घरसहित रु छ लाख बराबरको क्षति भएको पनि प्रहरी उपरीक्षक कार्कीले बताए ।


एक्कासी सुरु भएको आगलागी साँझ नियन्त्रणमा आएको वडाध्यक्ष तामाङले बताए । स्थानीय र प्रहरी चौकी वेतेनीको सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिएका हुन् ।


Author

थप समाचार
x