घटना-दुर्घटना

तनहुँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

इकागज |
कात्तिक १९, २०७९ शनिबार १९:४ बजे

तनहुँ- पृथ्वीराज मार्गमा पर्ने व्यास नगरपालिका-५ चापाघाट ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

माथिल्लो गुणादीबाट दमौली जाँदै गरेको ग १ त ६७३५ नम्बरको इँट्टा बोकेको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा घाइते चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 


लमजुङको मध्य नेपाल नगरपालिका-९ दुई पिप्ले बस्ने  २५ वर्षीय सञ्जय श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले जानकारी दिए ।

घाइते श्रेष्ठको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । ट्याक्टर अनियन्त्रित भएर सडकको नालीमा खसेको प्रहरीको भनाइ छ ।


Author

थप समाचार
x