घटना-दुर्घटना

त्रिशुलीमा बस खस्यो, २० जना घाइते

इकागज |
कात्तिक १९, २०७९ शनिबार २०:१८ बजे

काठमाडौँ- धादिङको बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ । काठमाडौँबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो । 

बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले बताए । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।



Author

थप समाचार
x