घटना-दुर्घटना

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना

इकागज |
मंसिर ९, २०७९ १९:५३ बजे

धनगढी -  बैतडीमा जन्ती बोकेको जीप दुर्घटना भएको छ । शुक्रबार साँझ साढे पाँच बजेतिर पुर्चौंडीबाट जन्ती बोकेर गएको जीप सुर्नया गाउँपालिका– ८ पातलखोलामा दुर्घटनामा परेको हो । 

प्रहरीका अनुसार सुपप्र ०१००१ ज १३५४ नम्बर जीप सडकबाट १५ मिटर तल खसेको थियो । जीप दुर्घटनामा ४१ वर्षीय चालक मानबहादुर साउँद घाइते भएका छन् ।


घाइते साउँदको खुट्टा र कम्मरमा चोट रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पत्ता नलागेको प्रहरीले जनाएको छ ।
 


Author

थप समाचार
ad
x