घटना-दुर्घटना

दुर्घटनामा घाइते लामाको मृत्यु

इकागज |
मंसिर १४, २०७९ बुधबार ९:४६ बजे

मकवानपुर - मकवानपुर बकैया गाउँपालिका-३ हात्तिसुडेस्थित धरानचतरा सडकखण्डमा हात्तिसुडेबाट श्रीपुरतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना परी घाइते भएका श्याम लामाको मृत्यु भएको छ ।

प्रदेश २ ०३ ०१८प २५५७ न. को मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको नालिमा खसेको थियो ।


बकैया गाउंपालिका ५ श्रीपुरका स्थानीय ३० बर्षिया लामालाई गम्भिर घाइते अवस्थाबाट उद्दार गरि हेटौंडास्थित चुरेहिल अस्पताल ल्याइएकोमा उनलाई डाक्टरले मृत घोषणा गरेको जिला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव अस्पतालमा राखिएको छ ।


Author

थप समाचार
x