घटना-दुर्घटना

ढुंगाले च्यापिएर बालकको मृत्यु

इकागज |
मंसिर १४, २०७९ बुधबार १९:४० बजे

फाइल फोटो

अछाम - अछाममा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर एक बालकको मृत्यु भएको छ ।

मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडाका पुरन भुलका माइला छोरा १४ वर्षीय गौतम भुलको खिमाडाको पडानी भन्ने ठाउँमा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर घटना स्थलमै मृत्यु भएको हो ।


आज दिउँसो दुई भाइसँगै तरुल कोर्न गएका र दाइको ठूलो ढुंगामा च्यापियर मृत्यु भएको प्रहरीले जनाएको छ । कान्छा भाइले खबर गर्दा गाउँमा थाहा भएको वडा अध्यक्ष नर बहादुर भण्डारीले बताए ।

मृतक बालक मंगला नेपाल राष्ट्रिय माद्यामिक विद्यालय ओलिगाउँमा कक्षा ५ मा अध्ययनरत थिए ।


Author

थप समाचार
x