घटना-दुर्घटना

धनगढीमा ग्रेडरको ठक्करबाट बालिकाको मृत्यु

इकागज |
मंसिर १५, २०७९ बिहीबार ११:५६ बजे

कैलाली - धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले धनगढी ५ मै रहेको पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिकाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । 


बालिका साइकलमा स्कुल जाँदै गर्दा सडकको लेवल मिलाउँदै गरेको ग्रेडरले ब्याक गर्ने क्रममा बालिकालाई ठक्कर दिइको थियो ।

ग्रेडर चालक र ग्रेडर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा बालिका अध्ययनरत विद्यालयका विद्यार्थी र स्थानीयले अहिले टायर बालेर प्रर्दशन गरिरहेका छन् ।


Author

थप समाचार
x