खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेका प्रमुख झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे कार्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा फेला परेका प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए ।
हाल घटना स्थलमा मुचुल्का उठाउने कार्य भइरहेको समेत प्रहरी निरीक्षक घिमिरेले बताए । मृतक घिमिरेको परिवार समेत घटना स्थलमा पुगिसकेका छन् ।
प्रहरीले मुचुल्का तयार उठाएपछि शवलाई पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिने प्रहरीले जनाएको छ । न्युज कारखाना
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया