घटना-दुर्घटना

दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

इकागज |
मंसिर १७, २०७९ शनिवार ११:५० बजे

प्रतिकात्मक तस्वीर

दार्चुला - दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको व्यास गाउँपालिका–३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

शुक्रबार उनको भिरबाट लडेर मृत्यु भएको हो। प्रहरी घटना स्थलतिर गएको छ। शुक्रबार दिउँसो घाँस–दाउरा काट्ने क्रममा भिरबाट लडेका डडालको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकोछ ।



Author

थप समाचार
x