घटना-दुर्घटना

तीनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

इकागज |
मंसिर २०, २०७९ मगलवार १७:५८ बजे

काठमाडौं । काठमाडौंको तिनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बिहान भएको उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने  २५ वर्षीय रोमित रिजाल रहेका प्रहरीले जनाएको छ । उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


घाइते भएका मोटरसाइकलको पछाडि सवार सप्तरीको  अग्नि सायर गाउँपालिका घर भई हाल भक्तपुरको  दुवाकोट बस्ने  २२ वर्षीय  उदित चौधरीको पनि सोही अस्पतालमै उपचार भइरहेको छ ।

कोटेश्‍वरबाट सिनामगंलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१९००६ ख ४८ ४० नम्बरको बसले बानेश्‍वरबाट कोटेश्‍वर तर्फ जाँदै गरेको बा ८१ प २७ ९९ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिएको थियो । दुवै सवारी साधनसहित बस चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ  । 


Author

थप समाचार
x