घटना-दुर्घटना

भिरबाट लडेर दार्चुलामा दुई जनाको मृत्यु

इकागज |
मंसिर २१, २०७९ बुधवार १५:५८ बजे

फाइल फोटो

दार्चुला - दार्चुलामा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरीको मंगलबार राति बंतडको भिरबाट खसेर मृत्यु भएको हो ।

लाली बजारतर्फ आउदै गर्दा भिरबाट खसेर ऐरी २ सय मिटर तल महाकाली नदीमा खसेका थिए । त्यस्तै, बुधबार बिहान महाकाली नगरपालिका–३ का ३१ वर्षीय बीरसिंह भण्डारीको पनि भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


हुस्कर माध्यमिक विद्यालय काँटैको स्कुल धारदेखि लडेर उनी कल्चौडे खोलामा खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए  ।
 


Author

थप समाचार
x