घटना-दुर्घटना

इलेक्ट्रिक पसलमा आगलागी, ३० लाखको क्षति

इकागज |
मंसिर २२, २०७९ बिहिवार १८:८ बजे

जनकपुरधाम - धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । 

महेन्द्रनगरको अमरचोकस्थित हिरा इलेक्ट्रोनिक पसलमा भएको आगलागीमा पसलमा रहेका फ्रिज, राइसकुकर, पंखा, ग्यास चुल्हो लगायत सामान जलेर करिब ३० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिएका छन् ।


मिथिला नगरपालिका २ निवासी हिरा महतोले सन्चालन गरेको सो पसलमा बिहीबार मध्यराति आगलागी भएकोमा नगरपालिका कार्यालय ढल्केबरबाट गएको बारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा बिहीबार बिहान ३ बजेतिर मात्र नियन्त्रणमा लिइएको उनले बताए । 

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


Author

थप समाचार
x