सडक किनारमा रोकेर राखेको ट्याक्टरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

कैलाली - शनिबार राति सडक किनारमा रोकेर राखेको ट्याक्टरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गको गोदावरी नगरपालिका ७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ७ प ७७९३ नम्बरको मोटरसाइकलले रोकेर राखेको सुपप्र ०१–००२ त ६४६४ नम्बरको ट्याक्टरमा ठोक्किँएर दुर्घटना हुँदा मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ राजघाटका २३ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुर्घटनामा घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनले ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया