घटना-दुर्घटना

तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

इकागज |
मंसिर २५, २०७९ आइतबार १७:५४ बजे

काठमाडौं- सुनसरीको बराह क्षेत्र नगरपालिका-३ मा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

शनिबार राति भएको उक्त दुर्घटनामा परी चार जना घाइते भएका छन् । दुर्घटनामा ६९४४ नम्बरको मोटरसाइकलका चालकको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृतकको सनाखत हुन बाँकी छ । घाइते ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुई विपरीत दिशाबाट जाँदै गरेका प्रदेश १–०२–०४३ प १७१, को ३८ प ९२१० र को १७ प ६९४४ नम्बरका मोटरसाइकल दुर्घटनामा परेका थिए ।


Author

थप समाचार
x