घटना-दुर्घटना

जाजरकोटमा जिप दुर्घटना हुँदा नौ जनाको मृत्यु, तीन घाइते

इकागज |
मंसिर २६, २०७९ सोमबार १९:१२ बजे

फाइल फोटो

जाजरकोट - जाजरकोटमा आज जिप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । 

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए । 


उनका अनुसार सो दुर्घटनामा परी तीन जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गमा  भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।


Author

थप समाचार
x