घटना-दुर्घटना

बर्दियामा ट्याक्टरबाट खसेर युवकको मृत्यु

इकागज |
मंसिर २७, २०७९ मंगलबार १२:६ बजे

काठमाडौं - दाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । दाङको दंगिशरण गाउँपालिका - ३ एकलीमा ट्याक्टरबाट खसेर  स्थानीय १७ वर्षीय सुदिप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

चौधरीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । सोमबार साँझ  रा १ त ४५९३ नम्बरको गुडिरहेको ट्याक्टर चौधरी अचानक खसेका थिए । 


ट्याक्टर नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय हेकुलीले जानकारी दिएको छ ।


Author

थप समाचार
x