घटना-दुर्घटना

पाँचथरमा आगो तापिरहेकी वृद्धाको जलेर मृत्यु

इकागज |
मंसिर २८, २०७९ बुधबार १७:४४ बजे

प्रतिकात्मक तस्वीर

फिदिम- घरमा आगलागी हुँदा पाँचथरको  फिदिम नगरपालिका १३ लुङरुपाका एक वृद्धाको ज्यान गएको छ ।

९१ वर्षीया सुखरानी नेम्वाङको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


आगो तापिरहेको बेला शरीरमा आगो सल्केर नेम्वाङको बुधबार बिहान ८ बजेतिर निधन भएको हो ।  वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन् ।
 


Author

थप समाचार
x