घटना-दुर्घटना

पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इकागज |
मंसिर २९, २०७९ बिहीबार १५:५८ बजे

प्रतिकात्मक तस्वीर

काठमाडौँ- काठमाडौँको स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ ।
    
काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू ठूलो भर्‍याङस्थित सडकमा बा १ प ७६३ नं को पर्यटक बस र बागमती प्रदेश ०२-०१८ प ४९४० नंको मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक सिन्धुलीका लामाको आज बिहान मृत्यु भएको हो ।    
    
दुर्घटनामा गम्भीर घाइते हुनुभएका लामाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।    
    
दुर्घटनामा सङ्लग्न पर्यटक बसलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रवक्ता भट्टले बताए ।



Author

थप समाचार
x