घटना-दुर्घटना

तनहुँमा बस दुर्घटना हुँदा १८ घाइते

इकागज |
मंसिर २९, २०७९ बिहीबार १७:५७ बजे

प्रतिकात्मक तस्वीर

तनहुँ। जिल्लाको म्याग्दे गाउँपालिका–६ अकलामा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

नारायणघाटबाट बागलुङतर्फ जाँदै गरेको ग१ख ५५२५ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । 


चालक नरबहादुर लामासहित १८ जना घाइतेहरुको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 


Author

थप समाचार
x