मिलको फितामा बेरिएर धनुषामा महिलाको मृत्यु

फाइल फोटो
जनकपुरधाम - मिलको फित्तामा बेरिएर एकजनाको धनुषामा एक महिला मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको मिथिला बिहारी नगरपालिका ५ ललियाका महेन्द्र साहकी ४५ वर्षीया पत्नी कालोदेवी साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बिहीबार बिहान स्थानीय रामअशिष मण्डलको मिलमा कालोदेवी धान कुटाउन गएको बेला फित्तामा बेरिएर टाउको र शरीर अलग भई घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
घटनास्थलको मुचुल्का गरी मृतक साहको शव पोस्टमार्टका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया