घटना-दुर्घटना

काठमाडौँको गैह्रीगाउँमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

शुरज थपलिया |
पुस १, २०७९ शुक्रवार १३:२६ बजे

काठमाडौँ - काठमाडौँको गैह्रीगाँउमा बसको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ ।  बा ५ ख ५६२२ नम्बरको बसले शुक्रबार बिहानै ठक्कर दिँदा गम्भीर घाइते भएका उनको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । मृतक अन्दाजी ४५ वर्षीय पुरुषको सनाखत हुन नसकेको ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ । 


सवारी साधनसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


Author

थप समाचार
x