घटना-दुर्घटना

कैलालीमा टिप्परको ठक्करबाट बालकको मृत्यु : प्रहरी र स्थानीयबीच झडप

इकागज |
पुस ६, २०७९ बुधबार १२:४० बजे

कैलाली - टिप्परको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीय बासिन्दाले अबरुद्ध पारेको पूर्वपश्चिम राजमार्गमा यातायात सन्चालन गर्न परिचालन भएको प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । स्थानीय बासिन्दाले अवरोध हटाउन गएका प्रहरीहरूमाथि ढुंगामुढा प्रहार गरेका छन् ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ हरैयामा आज बिहान टिप्परको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको थियो भने मृत बालककी आमा घाईते भएकी थिइन् ।


उक्त घट्नापछि स्थानीय बासिन्दाले सडक अवरोध गरेका छन् । सडकको अवरोध हटाउन प्रहरीले बल प्रयोग गर्न खोज्दा तनाव भएको छ । प्रहरीले आन्दोलनकारीहरूलाई हटाउन अश्रु ग्याँस प्रहार गरेको छ ।


Author

थप समाचार
x