घटना-दुर्घटना

मकवानपुरमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

इकागज |
पुस ६, २०७९ बुधबार १७:३ बजे

फाइल फोटो

काठमाडौँ - मकवानपुरमा बसको ठक्करबाट पैदल यात्री महिलाको मृत्यु भएको छ । मनहरी गाउँपालिका - ९ खरंगामा बुधबार बाटो पार गर्दै गरेकी भोजपुरकी ४५ वर्षीया सीता मिजारको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 

काँकडभिट्टाबाट स्याङ्जाका लागि छुटेको बसबाट ओर्लिएर चिया पसलमा जाँदै गरेकी  मिजारलाई झापाबाट पोखराका लागि छुटेको लु २ ख ४६०७ नम्बरको बसले ठक्कर दिएको थियो । 


हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । 


Author

थप समाचार
x