घटना-दुर्घटना

मकवानपुरमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

इकागज |
पुस ६, २०७९ बुधवार १७:४० बजे

मकवानपुर । बसको ठक्करबाट मकवानपुरमा एकजना महिलाको मृत्यु भएको छ । आज बिहान मनहरी गाउँपालिका वडा नम्बर–९ खरङगामा बसको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत खरङ्गामा झापाबाट पोखरातर्फ जाँदै गरेको लु २ ख ४६०७ नम्बरको बसले भोजपुरको भोजपुर ७ कोदार बस्ने ४५ वर्षीया सिता मिजारलाई ठक्कर दिएको थियो । मिजार काकडभिट्टाबाट स्याङजातर्फ जादै गरेको ना ५ ख ६१०३ नम्बरको बसमा सवार भई आएकोमा मनहरीमा चिया खान रोकिएको अवस्थामा बाटो क्रस गर्ने क्रममा उनलाई बसले ठक्कर दिएको थियो ।


बसको ठक्करबाट गम्भीर घाइते भएकी मिजारको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । ठक्कर दिने बस र चालक रुपन्देही बुटवल ११ बस्ने ४० वर्षीय सिमबहादुर पल्लि मगर प्रहरीको नियन्त्रणमा रहेका छन्।


Author

थप समाचार
x