घटना-दुर्घटना

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

इकागज |
पुस १५, २०७९ शुक्रबार १०:५२ बजे

मकवानपुर - मकवानपुरको बकैया गाउँपालिकामा आज बिहान भएको दुर्घटनामा घाइते भएका बिक्रम भम्जनको मृत्यु भएको छ । अन्य ३ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हेटौडा-१८ फुर्केचौर बस्ने ३० वर्षीय भम्जनलाई दुर्घटनापछि उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । शरीरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएका उनको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।


आज बिहान ७:४५ बजे मकवानपुर जिल्लाको बकैया ५ तिनतले स्थित धरानचतरा सडकखण्डमा हेटौडाबाट फापरबारी तर्फ जादै गरेको ना २२ प ९९७७ न.को मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड ट्रकले ठक्कर दिंदा दुर्घटना भएको थियो ।

घटनाबाट मोटरसाइकल चालक भम्जन गम्भीर घाइते भएका थिए । ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका ९ बस्ने २५ वर्षीय सूर्यबहादुर घिमिरे पनि घाइते भएका छन् । घिमिरेको चुरेहिल अस्पतालमा उपचार भैरहेको छ ।

ट्रकमा सवार पहिचान नखुलेको अन्दाजी २०/२५ वर्षको जस्तो देखिने पुरुष टाउकोमा चोट,अवस्था गम्भिर हेटौडा अस्पतालमा उपचार भैरहेको छ ।

यसैगरी मोटरसाइकल पछाडि सवार हेटौंडा १८ फुर्केचौर कै अन्दाजी ३५/४० कि हिरामाया लोप्चन पनि घाइते भएको र उनको पनि चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x