घटना-दुर्घटना

सरुवा भएर मनाङ जादै गरेका सशस्त्र प्रहरी नदीमा खसेर बेपत्ता

इकागज |
पुस १५, २०७९ शुक्रबार १६:२२ बजे

प्रतिकात्मक तस्वीर

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेर एक  सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । 

लमजुङको बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएका हुन् ।


रामेछापको लिखु तामाकोसी गाउँपालिका-४, विजुलीकोट घर भएका महत सशस्त्र प्रहरीको २२ नं. गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर चामे मनाङ जाँदै थिए । सशस्त्र प्रहरी बल लमजुङका डीएसपी मानबहादुर शाहीका अनुसार शुक्रबार बिहान १० बजेतिर उक्त घटना भएको हो । उनका अनुसार खोजीकार्यका लागि बेंसीसहरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको छ ।


Author

थप समाचार
x