घटना-दुर्घटना

धादिङमा दुई माइक्रो बस ठोक्किँदा २२ जना घाइते

इकागज |
पुस १६, २०७९ शनिबार २०:४४ बजे

फाइल फोटो

धादिङ - धादिङको थाक्रे गाउँपालिका-२ हुलाकडाँडामा दुई वटा माइक्रो बस ठोक्किँदा २२ जना घाइते भएका छन् । 

काठमाडौंबाट गोरखाका लागि छुटेको बा३ख ६१६४ नम्बरको माइक्रो र काठमाडौं आउँदै गरेको बा४ख ११८७ नम्बरको माइक्रो ठोक्किँदा दुर्घटना भएको हो ।


दुर्घटनामा घाइते भएकाहरुलाई थाक्रे पोलिक्लिनिक र अन्य अस्पतालहरुमा उपचारपछि थाप उपचारका लागि काठमाडौं पठाइएको छ।

घाइतेमध्ये थाक्रे पोलिक्लिनिकमा ७ जना, अन्नपूर्ण न्यूरो अस्पताल काठमाण्डौमा ३ जना, ट्रमा सेन्टर काठमाण्डौमा ८ जना, मेडिसिटी अस्पतालमा २ जना, सुभेक्षा अस्पतालमा २ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बा३ख ६१६४ नम्बरको माइक्रोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का चालक भने फरार रहेका प्रहरीले जनाएको छ । घाइतेमध्ये दोलखा जिरीकी ३५ वर्षीया मञ्जुमायाँ कार्कीको अवस्था गम्भीर भएकाले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।


Author

थप समाचार
x