घटना-दुर्घटना

रौतहटमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

इकागज |
पुस १६, २०७९ शनिबार २१:१६ बजे

रौतहट- रौतहटको चन्द्रनिगाहपुर गौर सडक खण्डमा म्याजिक र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार माधवनारायण नगरपालिका २ का ६५ वर्षीय परमात्मा साह र वडा ३ का ५५ वर्षीय गौकरण राय यादव रहेका छन् ।


इलाका प्रहरी कार्यालय गरुडाका अनुसार ना१ज ६७४९ नम्बरको म्याजिक र बा३९प ६८६५ नम्बरको मोटरसाइकल जुध्दा मोटरसाइकलमा सवार साह र यादव दुवै जनाको टाउकोमा चोट लागेको थियो ।

दुर्घटनामा परेका सवारी तथा म्याजिक चालक चन्द्रपुर  ४ का २७ वर्षीय सहुल मियाँ नियन्त्रणमा रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x