घटना-दुर्घटना

अर्घाखाँचीमा ६० वर्षीया वृद्धा मृत फेला

इकागज |
पुस १७, २०७९ आइतबार १७:४७ बजे

बुटवल- अर्घाखाँचीको शितगंगा नगरपालिका १० सिद्धारामा ६० वर्षीया वृद्धा मृत फेला परेकी छन् ।

शितगंगा नगरपालिका १० सिद्धाराको बहखोरमा ६० वर्षीया राधा थापा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।


ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीका अनुसार सिद्धाराबाट बहखोरमा बिहान दूध लिन गएकी थापा बहखोर नजिकैको खोल्सामा मृत भेटिएको हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको रेग्मीले बताए ।


Author

थप समाचार
x