घटना-दुर्घटना

सप्तरीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते

इकागज |
पुस २४, २०७९ २१:२० बजे

सप्तरी- सप्तरीको हुलाकी राजमार्ग खडक नगरपालिकामा बिग्रेर राखिएको टिपरमा दुई मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

बिग्रेर राखिएको स.१ ख ९२८ नम्बरको टिपरमा बोदे बर्साइनबाट राजविराजतर्फ आउँदै गरेका बा.८९प ३२१५ र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटनामा परी दुई जनाको मृत्यु र दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।


बा ८९ प ३२१५ नम्बरको मोटरसाइकलका चालक खडक नगरपालिका ११ बनौली बस्ने २० वर्षीय बैजु भनिने बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको माेटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका १० बस्ने २२ वर्षीय रामाकान्त चौधरीको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकलको पछाडि सवार डाक्नेश्वरी १० बस्ने २२ वर्षीय सुमन चौधरी र बा ८९ प ३२१५ नम्बरको माेटरसाइकलको पछाडि सवार खडक नगरपालिका ११ बनौली बस्ने २२ वर्षीय बुधन चौधरी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीइसपी नरेशकुमार सिंहले जानकारी दिए ।

टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
ad
x