घटना-दुर्घटना

डाेटीमा भिरबाट लडेर एक किशोरीको मृत्यु

इकागज |
पुस २७, २०७९ बुधबार १८:१६ बजे

कैलाली । डोटीमा घाँस काट्न जाने क्रममा भिरबाट लडेर एक किशोरीको मृत्युु भएको छ । शिखर नगरपालिका – १ कि २१ वर्षीया अमिशा शाहीको घाँस काट्न जाने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

बुधबार दिउँसो घर नजिकै घाँस काट्न जाने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । प्रहरीले भने किशोरी मृत्यु बारे आफूहरूलाई कुनै जानकारी नभएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमालाले घटना बारे कुनै जानकारी नआएको बताए ।


जाडो बिदामा घर गएकी मृतक शाही कैलालीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत थिइन् ।


Author

थप समाचार
x