घटना-दुर्घटना

जिपको ठक्करबाट एक जनाकाे मृत्यु

इकागज |
पुस २८, २०७९ बिहीबार १६:३९ बजे

प्रतिकात्मक तस्वीर

अर्घाखाँची। अर्घाखाँचीको सितगंगा नगरपालिका-४ मा  जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय ज्ञानबहादुर नेपाली रहेका छन् । घाइते भएका नेपालीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको हो ।

भेडामारेबाट अमराईतर्फ आउँदै गरेको लु ३ च ३३२० नम्बरको जिपले नेपालीलाई बिहीबार बिहान साढे ९ बजे ठक्कर दिएको हो । ठक्कर दिने जिपसहित चालकलाई ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीले नियन्त्रणमा लिएको छ ।


 


Author

थप समाचार
x