घटना-दुर्घटना

हाइड्रोजन ग्यास पड्किँदा एक जनाको मृत्यु

इकागज |
माघ २, २०७९ सोमवार १९:६ बजे

बुटवल । बेलुन भर्ने हाइड्रोजन ग्यास पड्किँदा कपिलवस्तुको बाणगङ्गामा एक जनाको मृत्यु भएको छ ।

भलवाडको कपिलधाममा संचालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किँदा बाणगंगा ८ शिसनियाका अन्दाजी ६५ वर्षीय नासिर मोदमद पाखियाको निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।


प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


Author

थप समाचार
x