घटना-दुर्घटना

बसको ठक्करबाट सप्तरीमा वृद्धको मृत्यु

इकागज |
माघ ४, २०७९ बुधबार १९:४५ बजे

प्रतिकात्मक तस्वीर

जनकपुरधाम । सप्तरीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बुधबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा ना५ख ६७२ नम्बरको यात्रु वहक बसको ठक्करबाट करिब ६५ वर्षीय साइकलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बसको ठक्करबाट स्थानीय राजेन्द्र बिस्वासको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।


शव पोष्टमार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको तथा बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


Author

थप समाचार
x