घटना-दुर्घटना

बसको ठक्करबाट स्याङ्जामा एक जनाको मृत्यु

इकागज |
माघ १४, २०७९ शनिवार १८:३४ बजे

फाइल तस्बिर

स्याङ्जा- पुतलीबजार नगरपालिका-११ करेन्डाडाँमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

घरबाट बाहिर निस्किएका ७२ वर्षीय यमबहादुर जिटीको बसको ठक्करबाट घटना स्थलमा मृत्यु भएको प्रहरी निरीक्षक पदम थापाले बताए । 


सुनौलीबाट स्याङ्जा आउँदै गरेको ना४ख ३८२८ नम्बरको बसले उनलाई आफ्नै घर नजिकै ठक्कर दिएको हो । प्रहरीले सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ । 

शव जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ । दुर्घटनापछि आक्रोशित परिवार र स्थानीयले चार घण्टा सिद्धार्थ राजमार्ग अवरुद्ध गरेका थिए ।


Author

थप समाचार
x