सवारी दुर्घटनामा एक जनाको मृत्यु

मकवानपुर - मकवानपुरको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी ६ नयाँबस्तीमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख ८४७८ नम्बरको डिजल लोड ट्याङ्कर र विपरीत दिशाबाट आएको ना १४ प ९९४३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँएर दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा–१५ का अन्दाजी ४० वर्षीय शंकरत्न तितुङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तितुङको उपचारको क्रममा चितवनको भरतपु स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ट्याङ्कर चालक चितवन जिल्लाको राप्ती नगरपालिका–२ का ३६ वर्षीय ईश्वर बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल दुर्घटनामा चार जना घाइते
मकवानपुरको बकैया गाउँपालिका–३, हात्तीसुडेमा साँझ मोटरसाइकल दुर्घटना हुँदा १७ वर्षीय किशोर हिमाल जिम्बा गम्भीर घाइते भएका छन् । सोही दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । हेटौंडा–सिन्धुली सडकखण्डको बकैया–३, हात्तीसुडेमा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
हात्तीसुडेबाट फापरबारीतर्फ जाँदै गरेको ना ४१ प ३००८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा ८६ प ८७०४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा ना ४१ प ३००८ नम्बरको मोटरसाइकल चालक बकैया–३, हात्तीसुडेका १७ वर्षीय जिम्बा गम्भीर घाइते भएको प्रहरी चौकी हात्तीसुडेले जनाएको छ ।
यस्तै बा ८६ प ८७०४ नम्बरको मोटरसाइकल चालक बकैया–३, हात्तीसुडेका १८ वर्षीय बसन्त डङ्गोल, मोटरसाइकलमा सवार बकैया–३, बाघमाराका २२ वर्षीय तीर्थ लामिछाने र २३ वर्षीय सुजन गुरुङ घाइते भएका छन् ।
डंगोल र लामिछानेको अवस्था मध्यम रहेको र गुरुङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि हेटौंडा ल्याइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया