श्रीमती हत्या आराेपमा एक पक्राउ

भोजपुर । ४१ वर्षीया श्रीमती गंगा श्रेष्ठको हत्या गरेको आराेपमा अरुण गाउँपालिका-२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञानबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।
ज्ञानबहादुरले मादक पदार्थ सेवन गरी सामान्य विवादको कारण आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरी खाडलमा पुरेको भन्ने सूचना प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय भोजपुर इलाका प्रहरी कार्यालय तिवारीभन्ञ्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया