घटना-दुर्घटना

सुर्खेतमा गाडी दुर्घटना हुँदा १३ जना घाइते

इकागज |
माघ १७, २०७९ मंगलबार १९:४६ बजे

कालीकोट- सुर्खेतबाट कालीकोटतर्फ आउँदै गरेको फोर्स गाडी दैलेखको रामघाटमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको दैलेखस्थित रामाघाटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । अन्य आठ जना समान्य घाइते भएको प्रहरीले जनाएको छ । 


११ यात्रु र दुई चालक गरी १३ जना रहेकोमा सबै घाइते भएको प्रहरीको भनाइ छ । घाइतेहरूको पहिचान हुन बाँकी छ ।


Author

थप समाचार
x