आँबुखैरेनीमा बस दुर्घटना हुँदा ६ जना घाइते

गोरखा- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
लम्जुङ सदरमुकाम बेशीसहरबाट नारायणगढ जाँदै गरेको ना ६ ख ३९६३ नम्बरको मिनिबस आँबुखैरेनीको ऐनापहरास्थित सडकपेटीमा पल्टेर दुर्घटना भएको हो ।
दुर्घटना हुँदा ६ जना घाइते भएका इप्रका आँबुखैरेनीले जनाएको छ । बसमा ३२ जना सवार रहेको र अन्यको अवस्था समान्य छ ।
घाइते छ जनाको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया