सेती नदीमा हाम फालेका व्यक्तिको शव फेला

फाइल फोटो
बझाङ - सेती नदीमा हाम फालेका एक व्यक्ति मृत फेला परेका छन् । सेतीमा हाम फालेर बेपत्ता भएका छबिस पाथिभेरा गाउँपालिका–४ का ३१ वर्षीय नरेश थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
थापाले दुर्गाथली गाउँपालिका–२ झनाना नजिकबाट सेतीमा हाम फालेका थिए । प्रहरीका अनुसार हाम फालेको ठाउँबाट करिब १५० मिटर तल ढुंगाको कापमा थापाको शव फेला गरेको हो ।
थापा छबिस पाथिभेरा गाउँपालिका–४ का वडाअध्यक्षका छोरा हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया