बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

कैलाली - बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । बझाङको केदारस्युँ गाउँपालिका ४ बजुवा बगर नजिक धनगढीबाट आइरहेको मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिएको हो ।
सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७१ नम्बरको मालवाहक ट्रकले ठक्कर दिदा सुदूरपश्चिम प्रदेश ०१०१० प ५३१७ नम्बरको बाइकको पछाडि सवार दुर्गाथली - ३ रकैल घर भइ हाल केदारस्युँ ९ बस्दै आएकी २५ वर्षिया अमृता खत्री धामीको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले ट्रक चालकलाई नियन्त्रणमा लिएको बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया