घटना-दुर्घटना

भैरहवामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

इकागज |
माघ २३, २०७९ सोमवार १४:५६ बजे

भैरहवा- यहाँ ट्रक, बस र कार एक–आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

सडकमा बिग्रेर रोकिराखेको लु २ ख ६०६ नं को ट्रकमा ३ लु २ ख ६०३८ नं को बस र ग १ च ३७१३ नं को निजी कार ठोकिँदा बसका चालक तनहुँ भीमाद नगरपालिका–५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


आज बिहान भएको दुर्घटनामा बसका कर्मचारी पश्चिम नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ का ३९ वर्षीय वासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दीपेश घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

घाइतेको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । भैरहवामा लागेको बाक्लो हुस्सु र तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

भैरहवा तथा आसपासमा हुस्सुका कारण हुने दुर्घटनालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय रूपन्देहीले संयुक्त रूपमा विभिन्न जनचेतनामूलक कार्यक्रम चलाएका छन् । 

जिल्ला ट्राफिक कार्यालय रूपन्देहीका प्रमुख साकारराज पन्तका अनुसार अभियान अनुसार ‘रिफ्लेक्टिङ स्टिकर’ टाँस गरिएको छ ।


Author

थप समाचार
x