घटना-दुर्घटना

गोरखामा दूध बोक्ने मिनिट्रक दुर्घटना: एकको मृत्यु, सात घाइते

इकागज |
फागुन २९, २०७९ सोमबार १७:२८ बजे

फाइल फोटो

पोखरा - गोरखामा दूध बोक्ने मिनिट्रक दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ। सात यात्रु घाइते भएका छन्।

गोरखा नगरपालिका–६ बिसौनीमोडमा प्रदेश ३–०१–००३ क ६१७० नम्बरको मिनिट्रक अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।


गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको मिनिट्रकले बा ८६ प १७८६ नम्बरको मोटरसाइकल र पैदलयात्रुलाई समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए।

दुर्घटनास्थलबाट ८ जना घाइतेलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल गोरखा पुर्‍याइएकोमा एक जना पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।


Author

थप समाचार
x