घटना-दुर्घटना

डोटी दुर्घटना : घाइते महिलाको उपचारको क्रममा मृत्यु

इकागज |
फागुन ३०, २०७९ मंगलबार १८:२९ बजे

प्रतिकात्मक तस्बिर

कैलाली । डोटीमा भएको जिप दुर्घटनामा परि घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

 मङ्गलबार बिहान भएको जिप दुर्घटना परि गम्भीर घाइते भएकी ६५ वर्षीया धौली बिस्टको कोहलपुर मेडिकल कलेज नेपालगन्जमा मङ्गलबार साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्र जोशीले जानकारी दिए ।


सिलगढी स्थित अदालत मोड नजिक भएको जिप दुर्घटनामा परि उनी सहित ६ जना घाइते भएका थिए । सिलगढीबाट दिपायल जाँदै गरेको सु.प्र.प ०१००१ ज १२५९ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको सु.प्र.प ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

घाइते मध्य गम्भीर घाइते जिपमा सवार मृतक विष्ट र मोटरसाइकल चालक विष्णु बोहरालाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज नेपालगन्ज रेफर गरिएको थियो । घाइते बोहराको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने सोही दुर्घटनामा परी घाइते भएका अन्य ४ जनालाई पनि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।
 


Author

थप समाचार
x