घटना-दुर्घटना

गाडीको ठक्करबाट पदल यात्रीको मृत्यु

इकागज |
चैत १, २०७९ बुधबार ८:३८ बजे

मकवानपुर - पूर्व-पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका-११ थानाभर्याङ नवलपुरबाट हेटौडातर्फ आउँदै गरेको मधेश प्रदेश०३-००१च ६९४३ नं.को गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको हो ।

अन्दाजी ४० की मृतक महिलाको नामथर नखुलेको प्रहरीले जनाएको छ । गम्भीर घाइते अवस्थामा रहेकी उनलाई उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा डाक्टरले मृत्यु घोषणा गरेका थिए ।


शव हाल हेटौंडा अस्पतालको शव गृहमा रहेको प्रहरी सहायक निरीक्षक राजेश साहले जानकारी दिए ।


Author

थप समाचार
x