घटना-दुर्घटना

महोत्तरीको बल्वामा आगलागी: एकको मृत्यु, एक घाइते

इकागज |
चैत १, २०७९ बुधबार २०:२१ बजे

फाइल फोटो

महोत्तरी - महोत्तरीको वल्वा स्थित परौल टोलमा आगलागी हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही स्थान बस्ने ५० बर्षिय चन्दनदेवी र घाइते हुनेमा ५२ वर्षीय जयकरण यादव रहेको प्रहरीले जनाएको छ ।

स्थानीय रामसागर यादवको घरमा लागेको आगोमा परी  घाइते भएका दुवै जनालाई स्थानीय र प्रहरीले तत्काल उद्धार गरि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएका थिए ।


घाइते मध्य चन्दन देवीको उपचारको क्रममा मृत्यु भएको छ भने जयकरण यादवलाइ थप उपचारको लागी काठमाडौं लगिएको छ ।

रामसागर यादवको घरको भान्साबाट एक्कासि लागेको  आगलागीबाट उनको झण्डै ८० हजार बराबरको क्षति समेत भएको छ । यादवको भित्र राखेको भाँडाकुँडा र लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x