खुम्बुमा लेक लागेर ज्यान गुमाएका विदेशीको शव काठमाडौँ लगियो

फाइल फोटो
सोलुखुम्बु - खुम्बु क्षेत्रमा लेक लागेर ज्यान गुमाएका एक विदेशी पर्यटकको शव काठमाडौँ लगिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा सोमबार राति मृत्यु भएका स्लोभाकियाका ६८ वर्षीय आर्क जान्कोको शव आज हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रामकिशोर शाहका अनुसार उनको शव परीक्षणका लागि काठमाडौँको शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । खुम्बु क्षेत्रमा लगातार हिमपात भएकाले मङ्गलबार शव उद्धारमा समस्या भएको थियो । आज मौसममा सुधार आएसँगै शव उद्धार भएको प्रहरी निरीक्षक शाहले बताए । जान्को ट्रेडिसनल एड्भेन्चरमार्फत हिमाल आरोहणका लागि खुम्बु आएका थिए ।
सोमबार गोरक्सेपको हिमालयन होटलमा बास बसेका जान्को सुतेकै अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । तेह्र जनाको समूहमा आएका उनी चैत १ गते नाम्चे प्रवेश गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया