बाघको आक्रमणमा परि भारतमा एक नेपालीको मृत्यु

कैलाली । बाघको आक्रमणमा परि भारतमा एकजना नेपालीको मृत्यु भएको छ । नेपाल-भारत सीमामा रहेको दुधवा नेसनल पार्क भित्र गौरीफन्टा नजिकै कंचनपुरको पुनर्वास नगरपालिका बडा १० मदनटोल बस्ने अन्दाजी बर्ष ३२ कि कलसा सार्कीको बाघको आक्रमण परि मृत्यु भएको हो ।
डिभिजन वन कार्यालय कंचनपुर अन्तर्गत कुण्डा सब डिभिजन वन कार्यालयका बन अधिकृत दिनेश कुमार यादवले एसएसबीको लाल कुवा न.८ को दक्षिण पुर्वमा आज बिहान बाघको आक्रमणमा परि कलसाको मृत्यु भएको बताए । आज बिहान ७/८ जनाको महिका समूह घाँसदाउराका लागि जंगल गएको बेला बाघले आक्रमण गरेको थियो ।
अन्य महिलाले भने भागेर ज्यान जोगाएका छन् । घटनास्थलमा नेपाल प्रहरी त्रिभुवन बस्ती ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेश राज मल्ल, वडा नम्बर १० र ११ का बडा अध्यक्ष भारतीय प्रहरी लगायतको टोलि पुगि शव संकलन गरि कानुनी प्रक्रिया पूरा गरेर लास परिवार लाई बुझाउने काम तयारी भैरहेको बन अधिकृत यादवले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया