घटना-दुर्घटना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इकागज |
जेठ १२, २०८० शुक्रबार २१:२० बजे

सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिकामा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

राजविराजबाट छिन्नमस्तातर्फ जाँदै गरेको तीन जना सवार प्र २–०१–००२–प २५६० नम्बरको मोटरसाइकल छिन्नमस्ता-३ स्थित नर्सिङ थान नजिकै अनियन्त्रित भएर दुर्घटना भएको हो ।


दुर्घटनामा छिन्नमस्ता-३ का १८ वर्षीय श्यामकुमार यादव र ३० वर्षीय विकासकुमार खंगको मृत्यु भएको छ । घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अजयकुमार खंगको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 


Author

थप समाचार
x