घटना-दुर्घटना

सवारी दुर्घटनामा परी रोल्पामा एक जनाको मृत्यु

इकागज |
जेठ १४, २०८० १०:३१ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौं- रोल्पाको सुनिलस्मृति गाउँपालिका–२, चतुर्भुज मोडमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको स्वर्गद्वारी नगरपालिका–८, धनचौरका १६ वर्षीय सागर सापकोटा रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा शनिबार बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।


शनिबार साँझ साढे ६ बजे लु ८७ प २०६८ नम्बरको मोटरसाइकल स्टार्ट गरेर घुमाउने क्रममा सडकबाट करिब ३५ मिटर तल खसेको जनाइएको छ ।


Author

थप समाचार
x